काठमाडौँ । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।
कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया चुमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
आइतबार राति १२ बजेतिर दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गर्दा नारायणको मृत्यु भएको हो।
मृतक नारायणको टाउको र शरीर अलग पारिएको प्रहरीले जनाएको छ । हत्यापछि चुमा आफै प्रहरी कार्यालय पुगेकी हुन्।
उनीहरूका ११, ७ र २ वर्षका छोरा छन् । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ