पोखरा । विगतकरिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व श्रीनाथ बराल पोखरा महानगरपालिकाको मेयरको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन् । पोखरा १३, (आर्वा) का बाबु स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बराल पोखराको समग्र विकास र समृद्धिसंगै यहाँका जनताको जनजिवीकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले मेयरको रुपमा आफु आउन खोजेको बताए ।
नेकपा (एकिकृत साजबादी) को पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहेका बरालले पोखराको शिक्षा, स्वस्थ्य, रोजगार, प्रविधि, संस्कृति र पर्यावरणको क्षेत्रमा समाजवादी मोडलको आधुनिक शहरको रुपमा विकास गराउने लक्ष्य राखेका छन् ।
स्पष्ट वक्ता तथा सरल स्वभावका बरालले शहरीया भूमिहिन सुकुम्बासी र शहरीया गरिबहरुलाई समुचित ढंगबाट व्यबस्थापन गरी भूमिआवास र रोजगारको प्रबन्ध गर्ने रणनिती योजना ल्याउने बताए । पोखराको सडक संजाल तथा पार्किङ क्षेत्रको दिर्घकालिन गुरुयोजना तयार पारी पछिको कम्तिमा ५० बर्ष सम्मको लागि गुरुयोजना अनुरुपकाम गर्ने लक्ष्य भएको उनको भनाई छ । गण्डकी प्रदेशको राजधानि पोखरालाई साच्चै विश्वकै लोभलाग्दो पर्यटकीय शहरको रुपमा विकास गर्ने र शिक्षा, स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्ने अभियानमा आफुले नेतृत्व गर्न चाहेको बरालले जनाए । पोखरामा निर्माण भएको पोखरा क्षेत्रिय अन्तराष्ट्यि विमानस्थललाई अन्तराष्ट्यि उडान गाउन संघिय सरकार समक्ष पहलकदमी लिने तथा पोखराको पृथ्बीचोकमा पुरानो बस पार्कलाई व्यवस्थित गरी लामेआहालमा क्षेत्रिय स्तरको बस पार्क निर्माण गर्ने बरालको लक्ष्य रहेको छ । संघिय मोडल अनुरुप पहिलो कार्यकालमा रहेका पोखराको विकासमा आवश्यक पर्ने पूर्वाधार विकासलाई निरन्तरता दिने आफुनो योजना रहेको उनको भनाइ छ ।
पोखरालाई अन्तराष्ट्यि शहरको रुपमा विकास गर्न, भौतिक पूर्वाधार निर्माण, गरिबीको रेखामुनि रहेका जनताको आयस्तर बृद्धि तथा आयआर्जनमा सुधार गरी गरिबीमा रहेका जनतालाई मध्यम स्तरमा पुराउने, उद्योगी तथा व्यवसायीहरुलाई राष्ट्यिस्तरका उद्यमीको रुपमा विकास गराउने लक्ष्य समेत रहेको उनको भनाइ छ ।
उनले भने, “पोखरा क्षेत्रलाई शहरीकरणको दृष्टिबाट समग्र रुपमा हेर्दातीन स्तरमा रहेको पाइन्छ, मुख्यशहरी क्षेत्र, मध्यशहरी क्षेत्र र ग्रमिण क्षेत्र रहेकोलाई सोहीअनुरुप योजना बनाइ आधुनिक शहरको रुपमा विकास गर्नु पर्छ ।”
आम पोखरेलीहरुलाई शुसासनको प्रत्याभूति दिलाउने गरी छिटो छरितो तथा पारदर्शी ढंगले सेवादिने रणनिती अबलम्बन गर्ने तथा प्रविधि मैत्रि तथा अनलाइन सेवा मार्फत पोखरेलीहरुले घर घरबाटै सेवालिन सक्ने प्रणालीको व्यवस्था गर्ने कार्य योजना समेत बनाउने नेता बरालले बताए । पोखरा क्षेत्रको यातायात सेवालाई छिटो छरियो र थप प्रभावकारी बनाउने उनले बताए । पोखराको पहिचान बनाएका रामसार सुचिमा सुचिकृत भएका फेवा, बेगनास, रुपा लगायतका तालहरु त्था पर्यटकीय स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आकषर्णको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बरालले जनाए । पोखरामा खाद्य सम्प्रभुताको अबधारणा अनुरुप कृषिमा आधुनिकिकरण तथा व्यवसायी करण गर्ने तथा पोखरालाई खेलकुद र चलचित्रन गरीको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ थियो ।
बाल्यकालः रतन पाण्डे नि.मा.वि. कक्षा ७ सम्म अध्ययन नेता बराल अम्मरसिंह नमुना मा.वि. ८ देखि १० सम्मको अध्ययन पश्चात पृथ्बीनारायण क्याम्पसमा समाज तथा मानव सात्र (एम.ए.) सम्मको अध्ययन गर्नु भएको छ ।
बिद्यालय अध्ययनकै क्रममा कक्षा ६ बाटै राजनीतिमा लाग्नु भएको अनेरास्वियू प्रारम्भिक कमिटिको अध्यक्ष, युथ कम्युनिष्ट लिगको इलाका सचिव (२०३७), कम्युनिष्ट आन्दोलनमा (२०३५÷०३६) लाग्नु भएको बराल २०३८ मा कम्युनिष्ट पार्टीको सक्रियदलमा आबद्ध थिए । २०४० साल देखि पार्टीको पुर्णकालिन बिद्यार्थी युवा नेताको रुपमा लाग्नु भएको बराल, २०४२ पृथ्बीनारायण क्याम्पसमा स्ववियूको सदस्यमा निर्वाचित, २०४४ मा बिद्यार्थीहरुलाई अपहरण गरेको बिरोधमा पृथ्बीनायण क्याम्पसमा १३ दीन आमरण अनसन बसेको समेत स्मरण गरे । पार्टीको भूमिगत कार्यकर्ताको रुपमा करिब ३ बर्ष समय वेतित गरेका बराल पन्चायत व्यावस्था बिरोधी गतिविधिमा लाग्दा विभिन्न राजनीतिक मुद्धाको सामना गरे । २०४६ सालको जनआन्दोलनको संयुक्त बाममोर्चा गण्डकी अञ्चल समितिमा नेकपा मालेको तर्फबाट सदस्य रहेको तथा संयुक्त समेन्त्रमा रही आन्दोलनको नेतृत्व गरेको अनुभव समेत रहेको छ । २०४४ देखि २०५९ सम्म जिल्ला विकास समिति कास्कीको उपसभापतीको रुपमा जिम्मेवार सम्हालेका बराल, नेकपा माले हुदै नेकपा एमालेको कास्की जिल्ला कमिटिमा जिल्ला कमिटिको प्रमुख, उपप्रमुख र सदस्यको रुपमा काम गरे भने २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको कु बिरुद्ध प्रर्दशन गर्दा पोखरामा पक्राउ परी तीन महिना जेल र दोश्रो पटक ज्ञानेन्द्रको कथित स्थानिय निर्वाचन बहिष्कार आन्दोलन बिरुद्ध करिब साँढे दुई महिना जेल परेका थिए । अञ्चल तथा प्रदेश कमिटिमा ३ कार्यकाल काम गरेको तथा केन्द्रिय कमिटि नेकपा र एमालेको केन्द्रिय सदस्यको रुपमा काम गर्नु भएको हाल नेकपा एकिकृत समाजबादीको पोलिट ब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहेका छन् ।
नेता बराल राजनीतिक क्षेत्रमा मात्र सक्रिय छैनन् उनी विकास निर्माण देखि विभिन्न शैक्षिक एवं सामाजिक संघ संस्था उत्तिकै सक्रियताका साथ सामाजिक क्षेत्रमा समर्पित छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ