पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा सत्य युवा क्लब बाझापाटन शिर्ष स्थानमा रहेको छ ।
लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा शनिबार भएको खेलमा डेभिजफल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।
सत्य युवा क्लबले ४ खेल खेल्दै कुल १२ अंक सहित शिर्षस्थानमा रहेको छ खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार अर्काे खेलमा नयांगाउँलाई युनाईटेड क्लबले ३–१ गोल अन्तरले हरायो । युनाईटेड क्लबले ३ खेल खेल्दै ३ अंक जम्मा गरेको छ ।
तेस्रो खेलमा रामघाटको अनुपस्थितिमा फुलबारी क्लबले वाक ओभरमार्फत विजयी बन्यो ।
यसैगी पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा ४ खेल सम्पन्न भएको खेल सहसंयोजक सुनिल गायकले बताए । उनका अनुसार पहिलो खेलमा हेम्जा युनाईटेड र नव आदर्श क्लब लामाचौर विच भएको खेल २–२ गोलको बराबरीमा रोकिदै दुवै टिमले समान १ अंक बाडेको छ । र उक्त खेलसँगै हेम्जा युनाईटेको ४ खेल खेल्दै ८ अंक बटुलेको छ ।
अर्काे खेलमा एलजी एशोसियसनले भ्याली स्पोर्टस् क्लबलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । त्यसैगरी तेस्रो खेलमा ड्यामसाईड क्लबले सँगम एफसीलाई ४–३ गोलले पराजित गर्यो।
अन्तिम खेलमा ईन्द्रेणी एकीकृतको अनुपस्थितिमा गार्डेन एफसी वाक ओभरमार्फत विजयी बन्यो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने