पोखरा । गजलकार जनार्दन दाहालको तेस्रो गजल सङ्ग्रह ‘यी मान्छे, यीनजर’ शनिबार तनहुँमा सार्वजनिक गरिएको छ ।
शुक्ला साहित्य सङ्गम, दुलेगौँडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले कृतिको लोकार्पण गरे । शुक्ला साहित्य सङ्गमले तनहुँको साहित्यिक फाँटमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सरुभक्तले जनार्दन १ नम्बर प्रदेशका स्थायी बासिन्दा भन्दा बढी गण्डकी प्रदेशकै एक महत्वपूर्ण स्रष्टाका रूपमा आफूले चिनेको स्मरण गरे । आफूले चिनेदेखि नै दाहाल एक धैर्यशील सर्जक भएको उनको भनाइ थियो । गजल र कविता दुवैमा कलम चलाउने जनार्दनको सम्पादक व्यक्तित्वबाट पनि आफू प्रभावित भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका सरुभक्तले सुनाए ।
कृतिको समीक्षा गर्दै साहित्यकार रुपिन्द्र प्रभावीले दाहालको ‘यी मान्छे, यीनजर’ गजल सङ्ग्रहभित्र गेय गुणले युक्त गजलहरू समेटिएको बताए । समसामयिक धाराका प्रतिभाशाली गजलकारका रूपमा दाहाललाई सङ्ग्रहले स्थापित गर्ने उनको भनाइ थियो । ‘जनार्दन दाहाल जीवन र जगत्का विसङ्गतिहरूलाई शालीन प्रहार गर्ने गजलकार हुन्’ प्रभावीले भने, ‘शास्त्रीय बहरमा पनि गजल लेख्ने रहर कृति मार्फत् देखाए पनि स्वनिर्मित लय विधानमै लेखिएका उनका गजलहरू सशक्त छन् ।’ उनले दाहाललाई परिपक्व गजलकार रूपमा चिनाए । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।
यसअघि दाहालका २०६३ मा ‘मधुरिमा’ र २०६४मा ‘उद्वेलित मनहरू’ गजल सङ्ग्रह प्रकाशित छन् । २०६४ मा ‘कविको मृत्यु’ कविता सङ्ग्रह पनि पाठक सामु ल्याएका उनको ‘यी मान्छे, यीनजर’ चौथो कृति हो । झापाको अर्जुन धारामा जन्मेका गजलकार दाहाल विगत २ दशकदेखि तनहुँको दुलेगौँडामा रही साहित्य र शिक्षाका क्षेत्रमा क्रियशील छन् । उनी शुक्ला साहित्य सङ्गमका पूर्व अध्यक्ष समेत हुन् ।
यसै बिच, शुक्ला साहित्य सङ्गमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै बिम्बकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार, कवि अनिल श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्लाप्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण–शुक्ला बालप्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित प्रतिभा रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए । सङ्गमका कार्य वाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको परिचय नारायण श्रेष्ठ, आनन्द सुन्दर श्रेष्ठ, टुकादेवी आचार्य र आकाश अधिकारीले दिएका थिए । सोही अवसरमा संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायण कैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।
सहसचिव सुरज लम्सालको सञ्चालन र सदस्य युवराज पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा पञ्चमुनिदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, संस्थाका संरक्षक शेषमणि आचार्य र सल्लाहकार मोती पौडेलले शुभकामना दिएका थिए ।
सोही अवसरमा सम्पन्न १८० औँ नियमित काव्य शृङ्खलामा अनुप लामिछाने, यामप्रसाद सापकोटा, शान्ता बाँस्तोला, मोहन भुजेल, सुपुन पौडेल, कविता मानन्धर लगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । सङ्गमले हरेक महिनाको अन्तिम शनिबार काव्य शृङ्खला सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते