आयोजकलाई पहिलो पटक बिटी कपको उपाधि, अन्जन बने सर्वाेत्कृष्ट खेलाडी

आयोजकलाई पहिलो पटक बिटी कपको उपाधि, अन्जन बने सर्वाेत्कृष्ट खेलाडी

BT Cup- Champions

पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक आयोजकले नै जितेको छ ।

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा शनिबार भएको फाईनल खेलमा टाईब्रेकरमा लेकसाईड एफसीलाई २१–२० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि रक्षा गरेको हो ।

निर्धारित समय गोलरहित सकिएपछि टाईब्रेकरमा दुवै खेलाडीका प्रत्येक खेलाडीले समान ३ पटकसम्म पेनाल्टी प्रहार गरेका थिए ।

सड एण्ड डेथमा लेकसाईडका मुख्य डिफेण्डर जीवन गुरुङको प्रहारलाई रोक्दै आयोजकका गोलरक्षक राजाबाबु मगरले बिटी क्लबलाई जित दिलाए ।

उपाधि रक्षा गरेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ प्राप्त गर्‍यो।

उपविजेता बनेको लेकसाईडले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ हात पार्‍यो।

खेल संयोजक क्रिविन गुङका अनुसार प्रतियोगितामा विधागत तर्फ आयोजकका कप्तान अन्जन देवकोटा सर्वाेत्कृष्ट खेलाडीको रुपमा घोषित हुदै ट्रफी र नगद रु ७ हजार सहित पुरस्कृत भए ।

त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा तारा एफसीका अजित गुरुङ खेल अवधीभर ५ गोल गर्दै ट्रफी सहित नगद ७ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेण्डरका रुपमा लेकसाइडका जिवन गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा आयोजकका विष्णु थापा, उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै राजाबाबु मगर घोषित हुदै जनही ५ हजार हात पारे । र प्रतियोगिताबाट अनुशासित टिमको रुपमा करापुटार एफसी घोषित हुदै ८ हजार प्राप्त गर्‍यो।

गत १८ गते देखि आज (शनिबार) सम्म सञ्चालन भएको प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई क्लबका अध्यक्ष विजया गुरुङ, आर्थिक सहयोगीदाताहरु, क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ