स्थानीय निर्वाचनका लागि आचारसंहिता लागू

स्थानीय निर्वाचनका लागि आचारसंहिता लागू

nirbachan_aayog 1

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ।

निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ।

आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन। यसैगरी, कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण लगायतका काममा पनि प्रतिबन्ध लगाइएको छ।

निर्वाचन आयोगले चुनावमा जाने राजनीतिक दल वा उम्मेदवारका लागि पनि आचारसंहिता बनाएको छ। जसअनुसार भड्किलो प्रचार प्रसार गर्न रोक लगाइएको छ भने सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि स्थानीय प्रशासनबाट ७२ घण्टा अगावै अनुमति लिनुपर्नेछ । प्रचार प्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइनेछ।

आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गर्ने आयोगले चेतावनी दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ