पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आयोजक टोली, एयरपोर्ट युवा क्लब, हाम्रो एफसी र लेकसाईड क्लब सेमिफाईनलमा प्रवेश गरेको छ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज भएको पहिलो खेलमा एलजी एशोसियसनलाई आयोजक टोलीले १–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्याे । आयोजकको जितमा भोमोले निर्णायक गोल गरे।
हाम्रो एफसी र मालेपाटन क्लबबिच भएको दोस्रो क्वाटरफाईनल खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा हाम्रो एफसीले २–१ गोल अन्तरले पाखा लगायो। यो जितसँगै सेमिफाईनलमा हाम्रो एफसीले आयोजक टोली विरुद्ध खेल्नेछ।
यसैगरी अर्काे क्वाटरफाईनल खेलमा एयरपोर्ट युवा क्लबले करापुटारलाई २–० गोल अन्तरले सहज जित निकाल्यो।
एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए।
अध्यक्ष विजया गुरुङका अनुसार अन्तिम क्वाटरफाईनल खेलमा लेकसाईड एफसीले रामघाट क्लबलाई १–० गोलले सँघर्षपूर्ण जित निकाल्यो। सेमिफाईनलमा अब एयरपार्टसँग प्रतिस्पर्धा गर्नेछ।
अध्यक्ष गुरुङले सेमिफाईनलको दुवै खेल शनिबार विहान सञ्चालन गरिने जानकारी दिईन् । उनका अनुसार फाईनल खेल दिउँसो हुनेछ।
प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने उनले बताईन्।
गुरुङका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्। भने सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ।
यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने