परम्परागत तथा स्थानीय कला संस्कृतिको जगेर्नाको लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

परम्परागत तथा स्थानीय कला संस्कृतिको जगेर्नाको लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण

IMG_0870

स्याङ्जा । लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ।

विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिन पञ्चेबाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको  दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए । पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

करीब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १, माझकटेरी बाजा समूह आँधीखोला १, उखुवारी बाजा समूह आँधीखोला २, मडुवा नौमति बाजा समूह आधीखोला २, पाख्रीबोट बाजा समूह आँधीखोला ३, पंचासे बाजा समूह आँधीखोला ४, सेपत बाजा समूह आँधीखोला ४, अरिङ्गाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो ।

अरिङ्गाले बाजा समूह आँधीखोला ५ का अध्यक्ष ठाकुर परियारले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुशी भएको व्यक्त गरे ।

कार्यक्रममा बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरुको संगालो स्वेतपत्र बिमोचन तथा सार्वजनिकीकरण, विद्यालय स्वच्छ खानेपानी कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थीहरुको लागि युरोगार्ड र पानी ट्याङ्की हस्तान्तरण साथै गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधी अधीकृत रोशन लामिछानेले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ