पोखराबाट तीर्थ यात्रा निस्केका पोखरेलीहरु सम्भावित ठूलो दुर्घटनाबाट जोगिएका छन् । उनीहरुले रिजर्भ गरेको ग१ख ६८० नम्बरको बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ भलायडाँडाको ओरालोमा शुक्रबार पूर्वान्ह ११ बजेको समयमा ब्रेक फेल भएको हो ।
पोखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू २३ जना बस चालकले सही समयमा सही निर्णय गर्दा जोगिए । यद्यपी, गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाको बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ । यद्यपि घाइतेहरूको अवस्था खतरामुक्त रहेको बताइन्छ ।
गत चैत २३ गते पोखराबाट प्रस्थान गरेका उनीहरु हिजो प्युठानमा रहेको ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज शुक्रबार सुपा देउराली मन्दिर, सन्धिखर्कतर्फ जाँदै थिए । आजको रात त्यहीँ बिताएर भोलि पोखरा फर्कने योजनामा थिए ।
सन्धिखर्क पुग्न एक किमी पनि बाँकी नरहँदै ओरालोमा गुडिरहेको बसको ब्रेकले एक्कासी काम नगरेको यात्रुले बताएका छन् । बस चालक सुरेश सुनार हुन्। अगाडि सहज वा तेस्रो बाटो आउने आशमा दुई घुम्ती कटाएका चालक सुनारले झन् ठूलो ओरालो देखेपछि सबैलाई पछाडि सर्न आग्रह गरी भित्तामा बस ठोक्याएका थिए । बसको ईञ्जिन लगायत अगाडि भागमा पूर्ण क्षति पुगेको छ ।
चालकले बडो कुशलताका साथ आफूहरूलाई बचाएको सहकारीका सेयर सदस्यहरुले बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन