काठमाण्डौ। बतास समूहले भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा पशुपति क्षेत्र विकास कोषले गैरकानुनी रूपमा लगाएको ताला खोल्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँले शुक्रवार यस्तो अन्तरकालीन आदेश दिएको हो ।

शुक्रबारमात्रै पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालाभित्र रहेको होटल आनन्दमा ताला लगाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको मूल गेटमा शुक्रवार बिहान ताला लगाएको हो ।
शुक्रवार बिहान १० बजे पशुपति धर्मशालामा सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि पशुपति क्षेत्र विकास कोष मार्फत वडा कार्यालयलाई पत्रसमेत लेखेको थियो । तर, काठमाडौँ महानगरपालिका वडा न. ८ का वडाध्यक्ष दिनेशकुमार डङ्गोलले धर्मशाला सम्बन्धित मुद्दा अदालतमा विचाराधिन रहेकाले आफू उक्त धर्मशालाका सामानको मुचुल्काको साक्षी बस्न नसक्ने बताएका थिए।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो