संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट रूस निलम्बित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट रूस निलम्बित

putin

तस्विर : एपी

काठमाडौँ । रूसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ ।

राष्ट्रसंघीय महासभामा मतदान हुँदा रूसविरुद्ध पर्याप्त मत परेकाले परिषद्बाट रूस निलम्बित भएको हो ।

महासभामा भएको मतदानमा रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो।

त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो ।

चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds