पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल हुने भएको छ ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज प्रिक्वाटरका खेल सकिएसँगै शुक्रबार क्वाटरको खेल हुने क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।
गुरुङका अनुसार आज भएको पहिलो प्रिक्वाटर खेलबाट एयरपोर्ट क्लबले तारा एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्याे ।
दोस्रो खेलमा आयोजक टिमले मसिना एफसीलाई १–० गोल अन्तरले हरायो । आयोजकको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।
तेस्रो खेलमा बि–१३ लाई लेसाईडले टाईब्रेकरमा ३–१ गोल अन्तरले हरायो । अर्काे खेलमा शितलज्योती क्लबलाई हामे एफसीले १–० गोल अन्तरले पराजित गर्याे ।
पाँचौ खेलमा मालेपाटन एफसीले मेरो नेपाललाई ३–१ गोल अन्तरले टाइब्रेकरमा हरायो ।
छैटौ खेलमा करापुटारसँग स्याङ्जा एफसीले टाइब्रेकरमा ५–४ गोल अन्तरले खेल गुमायो ।
अन्तिम खेलमा रामघाटले हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पाखा लगायो । रामघाटको जितमा भिषण गुरुङले ह्याट्रिक गरे भने हेम्जाको तर्फबाट बिशाल सुनारले सान्त्वना एक गोल गरे । शुक्रबार क्वाटरफाइनलका खेल हुनेछन् भने सेमी र फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
भिमकाली क्लबलाई निलम्बन
आयोजक संस्थाले छिमेकी क्लब भिमकाली क्लबलाई एक वर्षका लागि निलम्बित गरेको छ ।
हारिसकेको टोली सदस्य प्रिक्वाटरफाइनल खेलमा पुनः भिमकाली क्लबे खेलाएको भन्दै आयोजकको बैठकले भिमकाली क्लबलाई निलम्बित गर्ने निर्णय गरेको हो ।
आगामी हुने १६ औं बिटी कपमा भिमकाली क्लबले सहभागी जनाउन नपाउने अध्यक्ष विजया गुरुङले बताईन् । उनका अनुसार भिमकाली क्लबसँगै दुई खेलाडीलाई २ वर्ष निलम्बित गरिएको छ । सुवास गुरुङ र खुशीमान गुरुङले बिटी कपमा दुई वर्ष सहभागिता जनाउन पाउने छैनन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने