उदयपुर। बेलका नगरपालिका-६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुङ निवासी १९ वर्षीय विनोद ढकाल र अर्की १७ वर्षीया किशोरी छन् ।
बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो-सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको हुँदा रिसिईवी राखि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालयतर्फ जादै गर्दा विनोद ढकालले वियरको बोतल र ढुङगाले प्रहार गरी कबिताको हत्या गरेपश्चात शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको हो ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन