ललितपुरमा कारको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

ललितपुरमा कारको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

accident

काठमाडौँ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बुधबार साँझ साढे ५ बजे तिर बा १६ च ३६८७ नम्बरको कारले ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते बालकको उपचारको क्रममा इमाडोल स्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो ।

ठक्कर दिने कार सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ