श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज, सरकार अल्पमतमा

श्रीलंकामा लगाइएको संकटकाल पाँच दिनमै खारेज, सरकार अल्पमतमा

srilanka_

काठमाडौँ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय संकटकाल पाँच दिनमै खारेज गरिएको छ ।

गत शुक्रबार घोषणा गरी लागू गरिएको संकटकाल मंगलबार रातिदेखि खारेज गरिएको हो ।

संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोताबाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य भएका हुन् ।

संकटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् भने उनको सरकार अल्पमतमा परेको छ । राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरिसकेका छन् ।

संकटकाल र कर्फ्युका बावजुद सरकार विरोधी प्रदर्शन जारी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ