भुवन केसी स्वागत नेपालको पार्टीबाट काठमाडौँको मेयर पदमा उठ्ने

भुवन केसी स्वागत नेपालको पार्टीबाट काठमाडौँको मेयर पदमा उठ्ने

Bhuwan kc

काठमाडौँ । अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

पार्टीको मंगलबार साँझ काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । यस्तै केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौँ महानगरपालिकाको उपमेयर पदको उम्मेदवार चयन गरिएको छ ।

उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

किशोरीको हत्या आशंकामा दुई जना पक्राउ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ