पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सम्पन्न भएको छ ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा ४ र रङ्शालाको वैकल्पिक खेलमैदामा ३ गरी आज कुल ७ खेल सकिएको हो ।
रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको पहिलो खेलमा सत्य युवा क्लब (बि–१३) ले लेकसाईड क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार सत्य युवा क्लबको जितमा उपेन गुरुङले १९ र २१ औं मिनेटमा २ गोल गरे भने जिवन तामाङले २३ औं मिनेटमा र प्रशान्त गुरुङले २६ औं मिनेटमा र सन्दिप गुरुङले २८ औं मिनेटमा गोल गरे । उक्त जितसँगै सत्य युवा क्लबले ३ अंक बटुलेको छ ।
यसैगरी दोस्रो खेलमा शितलज्याती युवा क्लबले भदौरे युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जितमा अभिषेक थापाले छैटौं मिनेट र आठौं मिनेटमा २ गोलको योगदान दिए भने । ३४ औं मिनेटमा सहिल गुरुङले १ गोल गर्दै टिमलाई जित दिलाए । उक्त जितसँगै शितलज्योती क्लबले पनि ३ अंकको योगफल बनाएको छ ।
यसैगरी अर्काे खेलमा सँगमले एपेक्सलाई ६–० गोलको अन्तरले पराजिगत गरेको छ । सँगमको जितमा क्षितिज गुरुङले १० औं र १२ औं मिनेटमा २ गोल गरे । यसैगरी १४ औं मिनेटमा मनोज गुरुङले, २० औं मिनेटमा आयुष थापाले, २८ औं मिनेटमा अनिष गुरुङले र २९ औं मिनेटमा निश्चल जिसीले समान १ गोल गरेका थिए ।
उक्त खेलबाट सँगम क्लबले ३ अंक जम्मा गरेको छ ।
रंगशालाको वैकल्पिक मैदानमा ३ खेलसँगै हेम्जास्थित गौरीशंकर खेल मैदानमा समेत ४ खेल सकिएका छन् । उक्त मैदानमा भएको पहिलो खेलमा विष्णुपादुका क्लबले एबिसीलाई ७–१ गोलको फराकिलो अन्तरले पराजिगत गरेको हेम्जा युनाईटेडका सचिव सुनिल गायकले जानकारी दिए । उनका अनुसार विष्णुपादुकाको जितमा संजोग केसी र सविन नेपालीले समान २ गोलको योगदान दिए भने राजन थापा, रोशन थापा र सुजन तामाङले समान १ गोल गरे । एबिसीको लागि निखिल रानाले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट विजयी बनेको विष्णुपादुकाले ३ अंक बटुलेको छ ।
यसैगरी दोस्रो खेलमा एलजी एशोसियसनले रामघाटलाई ७–० गोल अन्तरले हरायो । एलजीको जितमा शिव सुवेदी र सिद्धार्थ रन्जितले समान २ गोल गरे भने कृष्ण गुरुङ, हेमन्त तामाङ र सन्तोष श्रेष्ठले समान १ गोलको योगदान दिए । सो जितसँगै एलजीले ३ अंक जम्मा गरेको छ ।
तेस्रो खेलमा डेभिजफल क्लले सहारा क्लबलाई २–१ गोल अन्तरले हरायो । डेभिजफलको जितमा विशाल परियार र सुदिप रानामगरले समान १ गोलको योगदान दिए । यता हार व्यहोरेको सहारा क्लबको तर्फबाट नवराज धमेलले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट जितसँगै डेभिजफलले ३ अंक जम्मा गरेको छ ।
अर्काे खेलमा नाकोड्सले नयांगाँउ एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्याे । नाकोड्सको जितमा विकल बानियाले २ गोलको योगदान दिए भने आगमन खड्का, कुनल राई, समिर छन्त्याल, निरन्जन गैरे र अमृत मगरले समान १ गोल गरे । नयांगाउँको तर्फबाट रुविन गुरुङ र वर्मा नेपालीले समान १ गोल फर्काए । उक्त खेलबाट नाकोड्सले ३ अंक बटुल्यो ।
एन्फा कास्कीका अनुसार लिगमा अब कुल ४८ खेल बाँकी रहेकोे छ ।
लिग विजेताले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते