उदयपुर । उदयपुरमा ट्युशन पढ्न निस्किएकी एक बालिका मृत फेला परेकी छन् ।
आज मङ्गलबार बिहान ४ बजतिर बेलका नगरपालिका ३ बुद्धचौक स्थित घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको छ ।
आज बिहान कतिब ७ बजे बालिकाको शव स्थानीयवासीले जशोधा खोलाको किनारमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । शवको प्रकृति हेर्दा हत्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।
प्रहरी अनुसन्धानका क्रममा कर्तव्य गरी हत्या भएको जस्तो देखिए पनि अहिले नै यकिन गर्न नसकिने बताइएको छ । थप अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीसँग समन्वय भइसकेकाले अनुसन्धानपछि मात्र घटना कसरी घट्यो भनेर यकिन हुने प्रहरीले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाको तयारीका लागि ट्युशन पढ्न बिहानै जाने गरेको स्थानीयवासीले जनाएका छन् । घटना विद्यालयदेखि झन्डै सात सय मिटर र घरबाट झन्डै दुई किलोमिटर पर घटेको हो ।
प्रहरीले घटनास्थल क्षेत्रलाई घेरामा राखिएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने