रुसी राष्ट्रपति पुटिन विरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको माग

रुसी राष्ट्रपति पुटिन विरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको माग

putin

तस्विर : एपी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनको बुचा सहरमा रुसी सैनिकले नरसंहार गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध युद्ध अपराधिको रुपमा मुद्धा चलाउन आह्वान गरेका छन् ।

तीन सय जना भन्दा धेरै निशस्त्र नागरिकलाई यातना दिएर हत्या गरेको भन्दै वाइडेनले यो क्रुरता र युद्ध अपराध भएको बताएका हुन् ।

बाइडेनले अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत तथा अन्य मानवतावादी संस्थाहरुबाट नरसंहारको छानविन गराउनु पर्ने र पुटिन तथा उनका सहयोगीहरु विरुद्ध युद्ध अपराधमा सजाय हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपति बाइडेनले रुस विरुद्ध थप नाकाबन्दी लगाउने विषयमा गम्भीर बन्न गठबन्धन देशहरुलाई आग्रह पनि गरेका छन् ।

बुचामा भएको आम हत्याको संसार भरबाट निन्दा भइरहेको छ । पश्चिमा देशहरुले पनि बुचामा रुसी सैनिकले गैरसैनिक सर्वसाधारणको जथाभावी हत्या गरेको भन्दै स्वतन्त्र छानविनको माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ