बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, मंगलबारदेखि दोस्रो चरणका खेल हुने

बिटी कपमा पहिलो चरणका खेल सम्पन्न, मंगलबारदेखि दोस्रो चरणका खेल हुने

BT Cup Photo (2)

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा भोलीदेखि दास्रो चरणका खेहरु क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।

उनका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो ।

त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले डुङ्गेसाघुँ क्लबलाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्याे । तेस्रो खेलपनि निर्धारित समयमा गोलरहित भएपनि टाईबेकरमा दीप युनाईटेडले ब्रदर्श युनिटीलाई ३–२ गोल अन्तरले पाखा लगायो ।

एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोल अन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गरे ।

पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १ –० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो स्याङ्जाको जितमा मुक्त थापाले निर्णायक गोल गरे ।

छैटौ खेलमा मिरुवा एफसीलाई बयारघारी एफसीले १–० गोलले पराजित गर्याे । बयारघारीको जितमा समिर गुरुङले गोल गरे । सातौ खेलमा विष्णु पादुका क्लबलाई कमलपोखरी क्लब टिम बिले १–० गोलले हरायो । कमलपोखरीको जितमा बिमल गुरुङले निर्णायक गोल गरे ।

आठौं खेलमा लेकसाईड एफसीले रत्नचोक एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित हाँसिल गर्याे । लेकसाईडको जितमा मुक्त बहादुर तामाङ र सुनिल बिकले समान १/१ गोल गरेका थिए भने रत्नचोकको तर्फबाट सिङ्कमान तामाङले सान्त्वना १ गोल फर्काएका थिए ।

आजको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोल अन्तरले पराजित गरेको बिटी क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।

उनका अनुसार त्यसपश्चात दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ