वामपन्थी र लोकतान्त्रिक शक्तिबीच चुनावी तालमेल गर्ने सहमति भएको छः अध्यक्ष नेपाल

वामपन्थी र लोकतान्त्रिक शक्तिबीच चुनावी तालमेल गर्ने सहमति भएको छः अध्यक्ष नेपाल

Madhav Kumar Nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जाने सहमति भएको बताएका छन्।

समाजवादी प्रेस संगठनले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले ‘विन विन’ को आधारमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताए ।

अध्यक्ष नेपालले भने, “वामपन्थी र लोकतान्त्रिक शक्तिबीच ‘विन विन’का आधारमा चुनावी तालमेल गर्ने सहमति भएको छ। यो सहमतिले सकारात्मक सन्देश दिएको छ ।, यो सहमतिले जनता पनि उत्साहित भएका छन् ।”

उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए । उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको पनि बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds