पोखरा । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ ।पाेखरा महानगर कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्न सकिनेबारे छलफल गरेकाे हाे ।
पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्न सकिने भन्दै तयारी सुरू गरिने निर्णय भएको महानगर श्राेतले जनाएको छ ।
त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ । तर, वडाध्यक्ष शिव आचार्य भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताएका छन् ।
‘अहिले नै सार्ने भनेको होइन । सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने रहेछ । अध्ययनका लागि जग्गा छानिएको हो,’ उनले भने, ‘२–४ ठाउँ हेरेका छौं । कता उपयुक्त हुन्छ, त्यो आँखाले हेरेर हुन्न अध्ययन नै गर्नुपर्छ ।’
उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको बताए । पन्चेपाटन, जौबारी, कुमालटार लगायतका जग्गा प्रस्ताव गरिएको छ ।
‘वरपर सार्वजनिक जग्गा छन् । व्यक्तिले सरकारी जग्गा पनि चर्चेर खेती गरेका छन्,’ उनले भने, ‘१ सय रोपनी किन्यौं भने १ सय रोपनी सार्वजनिक हुन्छ । २ सय रोपनी भए ल्याण्डफिल सार्न जग्गा पुग्छ ।’
यसअघि पोखरा १६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेन । विमानस्थल सन्चालनका लागि अहिलेको ल्याण्डफिल सार्नुपर्ने पहिलो सर्त छ । पोखरा महानगरलाई ४ वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा महानगरले चासो नदिँदा अहिले समस्या भएको हो ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो