काठमाडौँ । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।
स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।
खाना, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि त्यहाँका नागरिकले सरकारविरुद्ध प्रदर्शन चर्काउँदै आएका छन् ।
प्रदर्शन नियन्त्रणका लागि हिजो शुक्रवार राति सङ्कटकाल घोषणा गरेकोमा आन्दोलन झनै बढ्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।
अहिले सहरहरूमा सेना परिचालन गरिएको छ । सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्का अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलङ्कामा कम्तीमा १२ घण्टा बिजुली कटौती भइरहेको छ । यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीको सामना गरिरहेको छ ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने