गण्डकीसहित यी प्रदेशमा बदली र वर्षाको सम्भावना

गण्डकीसहित यी प्रदेशमा बदली र वर्षाको सम्भावना

badali_mausam_ktm

पोखरा । देशका केही स्थानमा वदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा भारतको बिहार देखि बङ्गालको खाँडि सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

आईतबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य क्षेत्रमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds