नोबेलका डाक्टर मृत फेला, हत्या भएको परिवारको आरोप

नोबेलका डाक्टर मृत फेला, हत्या भएको परिवारको आरोप

Nobel

काठमाडौँ । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत एक डाक्टर मृत भेटिएका छन् ।

सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय विजय यादव आज बिहान अस्पताल अगाडि मृत भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव अस्पतालमा तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बंगलादेशबाट गरेको परिवारले जनाएको छ ।

मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी गरेका छन् ।

घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds