ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident a

काठमाडौँ । काठमाडौँ महाँकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मद रहेका छन् ।

वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ करिब पौने ६ बजे बा६४प ६३८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds