पोखरा । आज देशका केही स्थानमा मौसम बदली रही वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश १, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो प्रदेश १, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै, राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ