सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाउने किशोरीलाई साढे तीन वर्षको जेल सजाय

सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाउने किशोरीलाई साढे तीन वर्षको जेल सजाय

Victim

अछाम — घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेपछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय भएको छ । किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई सफाइ दिएको छ ।

अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार आरोपसहित गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दिएकी थिइन् ।

यसअघि ती पुरुष माघ १५ गते बिहेका लागि माग्न आएका थिए । त्यसपछि त्यहीँ बसेका थिए । त्यस क्रममा किशोरीसँग सहमतिमै यौनसम्बन्ध भएको पुरुषले बताएका छन् । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित जबर्जस्ती करणीमा जाहेरी दिएकी थिइन् ।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी उनले गरेकी थिइन् । एउटै कोठामा अलग अलग सुते पनि राति आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

तर जिल्ला सरकारी वकिलसँगको बयानमा किशोरीले सुरुमा बलात्कार गरेको बताए पनि बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको उल्लेख गरेकी थिइन् ।

अर्कातिर ती पुरुषले जबर्जस्ती करणी नगरेको बरु किशोरीले नै बोलाएपछि सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका थिए ।

किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित घर फर्केका थिए । आफन्तको निधन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएपछि उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।

अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ । किशोरीलाई अदातलको आदेशमा जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ