तनहुँ। ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पृथ्बी राजमार्ग अन्तर्गत पर्ने जिल्लाको म्याग्दे गाउँपालिका वडा नं -१ तल्लो गुणादीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक ऋषिङ गाउँपालिका वडा नं -२ काशीपुर बस्ने १९ वर्षीय तारन थापाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
कार्यालयका अनुसार पोखराबाट दमौलितर्फ जाँदै गरेको ग ५ प ६०८३ नंवरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख ४६९१ नंवरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते