रामबजारबाट लागु औषधसहित स्याङ्गजाका युवक पक्राउ

रामबजारबाट लागु औषधसहित स्याङ्गजाका युवक पक्राउ

police-arrest

सांकेतिक तस्विर

कास्की।    पोखराको रामबजारबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन्।

स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका घर भइ हाल पोखरा महानगरपालिका -१० रामबजार बस्दै आएका २७ वर्षीय कुमार गुरुङ अवैध लागु सहित पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गुरुङको साथबाट लागु औषध डाईजेपाम ९ एम्पुल, फेनेरागन ११ एम्पुल र नुर्फिन ९ एम्पुल गरी जम्मा २९ एम्पुल लागु औषध वरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ