एमालेसँग लड्न गठबन्धन नगरी सकिँदैन भन्ने सत्तारुढ दलको बुझाइ सही छ : ओली

एमालेसँग लड्न गठबन्धन नगरी सकिँदैन भन्ने सत्तारुढ दलको बुझाइ सही छ : ओली

kp-sharma-oli

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसकिने सत्तारुढ दलको बुझाइ ठीक रहेको बताएका छन् ।

बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग भिड्न उनीहरूलाई सहज नहुने दाबी गरेका हुन् ।

‘पाँच दलीय गठबन्धन एक-एक किलाका ढक हुन् । एमाले क्विन्टलको ढक हो । एउटै तराजुमा ती दुवै ढक राख्दा के हुन्छ,’ उनले भने । सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।

सत्ता गठबन्धनले कुरा नमिल्ने देखेरै निर्वाचन आयोगलाई भनेर मनोनयनको समय दुई दिन राखेको उनले बताए । ‘निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?,’ उनको प्रश्न थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds