बैङ्किङ कसुर मुद्धाका फरार प्रतिवादी स्याङ्गजाका गुरुङ काठमाण्डौबाट पक्राउ

बैङ्किङ कसुर मुद्धाका फरार प्रतिवादी स्याङ्गजाका गुरुङ काठमाण्डौबाट पक्राउ

exam arrest

काठमाण्डौ। बैङ्किङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले काठमाण्डौको सामाखुशीबाट पक्राउ गरेको छ।

स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं -४ निवासी ५२ वर्षीय काजी गुरुङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार गुरुङमाथि उच्च अदालत पाटनबाट फागुन १ गतेको फैसलाले बैंकिङ कसुर मुद्धामा ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर गरेकोमा गुरुङ फरार रहँदै आएका थिए।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जाँदा जाँदै पीडितलाई झुक्याएर एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको आफ्नो खाताबाट चेक दिएका थिए ।

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ