गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले करिब १५ लाख रूपैयाँ सामाजिक काममा खर्चिएका छन् । कास्की २ (ख)बाट निर्वाचित कांग्रेस नेता थापाले गत वर्ष माघदेखि यस वर्ष फागुन मसान्तसम्म सांसद र मन्त्री भएबापत प्राप्त र त्यसमा थपेर १४ लाख ८६ हजार ९ सय रूपैयाँ सामाजिक कार्यमा खर्चिएका हुन् ।
मासिक पारिश्रमिक, बैठक भत्ताबापत प्राप्त १३ लाख ६६ हजार ३ सय ६० रूपैयाँमा थपेर मन्त्री थापाले करिब १५ लाख रूपैयाँ सामाजिक कार्यमा खर्च गरेको जनाए । सडक मर्मत, स्वास्थ्य शिविर, सामाजिक भवन निर्माण, खानेपानी पाइप र खेलकुद सामग्री सहयोगलगायतमा उक्त रकम खर्च भएको विवरण मन्त्री थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए ।
अथाह सम्पत्ति भएका थापाले निर्वाचित भएदेखि नै सरकारबाट सांसदको हैसियतमा पाउँदै आएको आर्थिक सुविधा जनसेवामा खर्चँदै आएका छन् । ‘राजनीति मेरा लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मूल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ।’ उनले भने ।
मन्त्री थापाले आफु प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको जानकारी गराए। उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
गत २९ जेठमा गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो । त्यही सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले थापालाई ८ साउनमा मन्त्री नियुक्त गरेका थिए । मन्त्री थापाले सरकारी क्वाटरको सुविधा पनि लिएका छैनन् । उनी पोखराकै नयाँबजारमा रहेको आफ्नै घरमा बस्छन् ।


सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते