पोखरामा डिजिटल प्रविधि प्रयोग गरी यौन व्यवसायमा संलग्न ३ जना फागुन तेस्रो साता पक्राउ परे । मानव बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जना गत ६ चैतमा पुर्पक्षका लागि जिल्ला कारागार, कास्की चलान भएका छन् । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजालसले सिन्धुपाल्चोककी २२ वर्षीया पूजा थापामगर, कास्कीका ३० वर्षीय नारायण पोखरेल र बाँकेका २२ वर्षीय विशाल योगीलाई गत हप्ता पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
पोखरामा मिलेर अनलाइन यौन व्यवसाय गरिरहेका ६ मध्ये तीन जना पूजा, नारायण र विशाल सहकर्मीबाटै फसेका हुन् । यौन व्यवसायमा संलग्न २०७८ पोखरा–५८, पोखरा–५९ र पोखरा–६० (परिवर्तित नाम) सँगको मनमुटावपछि उनीहरू कारागार पुगेका हुन् ।
कारागार चलान भएकाहरू यौन व्यवसायका बिचौलिया हुन् । उनीहरू ग्राहकसँग बार्गेनिङ गरेर मन लागेको पैसा लिन्थे र युवतीलाई एक जना ग्राहकबापत चार हजार रुपैयाँ दिन्थे । नारायण, पूजा र विशालले पहिल्यै ग्राहकसँग पैसा लिएर वादी पक्षलाई ग्राहकले भनेकै ठाउँमा पु¥याउँथे ।
को ग्राहकसँग कति पैसा लिन्थे भन्ने युवतीहरूलाई पनि थाहा हुन्थेन । आफूहरूलाई थोरै पैसा दिएर तीन जनाले धेरै लिएको थाहा पाएपछि युवतीहरू बिच्किएका थिए । १४ फागुनमा पैसाको विषयले दुई पक्षबीच मनमुटाव भयो । त्यो दिन पूजाको फ्ल्याटमा चर्काचर्की परेको थियो । युवतीले आफ्ना कुरा राख्दा बेइज्जती गर्ने धम्की पूजाले दिएकी थिइन् । भनाभन भएर पूजाको फ्ल्याटबाट भागेकी १७ वर्षीय किशोरी जिल्ला प्रहरी कार्यालय, कास्की पुगेपछि घटना सार्वजनिक भएको हो ।
‘सोही फ्ल्याटमा ३ जना नचिनेका पुरुष व्यक्तिहरू बोलाई सो दिन पनि हामीसँग यौन सम्पर्क गर्न लगाएका र सो दिन निज पुरुष व्यक्तिहरूले हामीसँग यौनसम्पर्क राख्दाका क्रममा हामीले कति पैसा दिनुभएको छ भन्दा १०–१० हजार रुपैयाँ दिएका छौँ भनी खुलाएकामा निज नारायण पोख्रेलसमेतले हामीलाई जनही ४ हजारमात्र दिन लागेका हुँदा हामीले सो रकम नलिइकन सो स्थानबाट निस्किएर भागेका हौँ,’ पीडितको बयान छ ।
प्रहरीको अनुसन्धानले यौनधन्दा चलाउन पोखराको जरेबरमा फ्ल्याट नै लिएको खुलेको छ । लेकसाइडको जरेबरमा ३ वटा कोठा भएको फ्ल्याट लिएका थिए । त्यसबापत मासिक १२ हजार रुपैयाँ तिर्थे । त्यसबाहेक ग्राहकको आवश्यकताअनुसार घर, होटलसम्मै पु¥याइदिन्थे ।
प्रतिवादी पक्षले पैसाको कुरा नभई रिसिइबीले आफूहरूलाई फसाइएको दाबी गरेको छ । जाहेरवालीहरू पूजासँगै एकै फ्ल्याटमा भाडामा बस्ने गरेकामा झगडा गरी हिँडेका र सोही रिसिइबीले झुट्टा जाहेरी दिएको दाबी प्रतिवादी पक्षको छ । तीन जनालाई कारागार पु¥याउनेमध्ये दुई जना २०७८ पोखरा–५९ र ६० पूजाका साथी हुन् । पूजाले दिएको बयानअनुसार एउटै घरमा बसेर काम गर्ने सल्लाह भएपछि जरेबर बसुन्धरा मार्गको एउटा घर भाडामा लिएका थिए ।
सँगै बस्दा विवाद भएको र छोडेर गएपछि पूजाको चरित्र हत्यामा संलग्न थिए । ‘हामीबीच आपसी असमझदारीका कारण विवाद, झगडा भएकाले पक्राउ पर्नुभन्दा एक हप्ताअगाडि निजहरू फ्ल्याट छोडेर अन्तै बस्छौँ भनी गएका थिए । निज पीडितहरूले म्यासेन्जर ग्रुप बनाएर मेरो फोटो अपलोड गरी गालीगलौजका शब्द लेखेका कारण मैले निजहरूलाई फोन गरेर किन यसो गरेको, सल्लाह गर्न आऊ भनी बोलाएको थिएँ,’ पूजाले भनेकी छिन् । त्यो भेट घटना सार्वजनिक हुने अवस्थासम्म पुग्यो ।
धन्दाका नाइके नारायणले भने जाहेरी दिनेसँग आफ्नो चिनजान नै नभएको बयान दिएका छन् । आफूले लेकसाइड खहरेमा होटल चलाउँदा पूजालाई चिनेको उनको भनाइ छ । आफूले तीन महिनाअघि होटल छोडेपछि दुवैसँग कहिलेकाहीँ भेटघाट, कुराकानी हुने गरेको नारायणको बयान छ । पूजा र विशालसँग मिलेर यौनधन्दा चलाउने गरेको विषय उनले अस्वीकार गरेका छन् । विशालले पनि डेरा सँगसँगै भएकाले चिनजान भएको तर आफूले कसैलाई यौन धन्दामा नलगाएको बयान दिएका छन् ।
युवतीलाई ग्राहकसम्म लैजान प्रयोग गरिएको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, त्यो ४८२४ नम्बरको रियो गाडी अर्कैको भएको खुलेको छ । लुइँटेल थरका एक व्यक्ति त्यो गाडी १५ माघमा पास गर्ने तयारीमा थिए । उनले ११ लाख रुपैयाँ चेक पनि दिएकोमा ११ माघमा बुबा बितेपछि गाडी पास गर्न पाएनन् । त्यतिबेला प्रतिवादी नारायणले उनको गाडी मागेर चलाएका थिए । नारायण पोखराको रामबजारबाट त्यही गाडीसँगै १५ फागुनमा पक्राउ परेका थिए ।
प्रतिवादी तीन जनाले कसुर इन्कार गरे पनि घटनास्थल मुचुल्का, परिवर्तित नाम, थर २०७८ पोखरा–५८, पोखरा–५९ र पोखरा–६० को संयुक्त जाहेरी दरखास्त हेरेर अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको हो । सुरुमा १७ वर्षीया किशोरी १४ फागुन मध्यरातमा प्रहरीकहाँ पुगेपछि इन्स्पेक्टर मुकेश न्यौपानेको नेतृत्वमा चार जनाको टोलीले अनुसन्धान थालेको थियो । पछि २१ र २७ वर्षीया युवतीले पनि तीन जनाविरुद्ध जाहेरी दिएका थिए । कारागार चलान भएकालाई पूर्ण आदेशपछि १० देखि १५ वर्षसम्म जेल र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
सम्बन्धित समाचार
पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो