पोखराकी उपमेयर गुरुङकाे नेतृत्वमा न्यायिक समिति महासंघ गठन

पोखराकी उपमेयर गुरुङकाे नेतृत्वमा न्यायिक समिति महासंघ गठन

Manju devi gurung

पाेखरा । न्यायिक समितिकाे राष्ट्रिय समिति गठन भएकाे छ ।

पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हाे ।

समितिमा बिराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।

कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकाेटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य चयन भएका छन्।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएकाे छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds