काठमाडौँ । सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन् ।
गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका पश्चिम रुकुमको मुसिकोट– १३ छिवाङका जवान पवन केसी बिहान मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरीले जनाएको छ ।
बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनको ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ