धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सबैला नगरपालिका–१२ बरकुर्वामा सोमबार साँझ साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका चार बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
पाँचै जना एउटै मोटरसाइकलमा सवार रहेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ