पाल्पामा तीन वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

पाल्पामा तीन वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

Stop Violence Children And Abuse In Family Concept

सांकेतिक तस्वीर

पाल्पा।    तीन वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्युठान जिल्ला झिम्रुक गाउँपालिका वडा नं – ६ घर भइ हाल पाल्पाको तिनाउ गाउँपालिका -५ डेरा गरी बस्ने २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ