राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति गठन

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति गठन

राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम आज सोमबार केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा २० सदस्यीय रहेका छन् । जसमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी रहेका छन् ।

यसैगरी, महामन्त्रीहरु डा. धवल शमशेर राणा, भुवन पाठक, कुन्ती कुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह, केन्द्रीय सदस्यहरु दीपक बोहोरा, नवराज सुवेदी, हरि बहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुर प्रसाद शर्मा र ऋषि बाबु परियार रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds