पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० घाइते

पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३० घाइते

accident-1

सर्लाही । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५ ५५ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ११ बजे लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याइएको छ । दुर्घटनामा घाइते भएकाहरूको लालबन्दीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ