राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

bidhya-bhandari-Wang-yi

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी आइतबार बिहान १० बजे शीतल निवासमा पुगेका थिए ।

भेटमा दुई पक्षीय हितको विषयमा कुराकानी भएको छ ।

वाङले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

यसअघि शनिबार नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौँ आएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ