पोखरा । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३ औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ती र शैक्षिक सामाग्री वितरण गरेको छ ।
कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ४० हजार छात्रवृत्तीका लागि नगद र ६ विद्यालयलाई २ लाख ४० हजार बराबरको गणितिय र सामाजिक शिक्षा सामाग्री प्रतिष्ठानले वितरण गरेको हो ।
शैक्षिक सामाग्री पाउने विद्यालयमा माछापुच्छ्रे मावि सार्दिखोला, निष्पक्ष मावि हुम्दी, कालिका मावि कास्कीकोट, सारदा मावि माछापुच्छ्रे, विन्देश्वरी मावि तल्लाकोट र सिर्जना सामुदायिक मावि सिम्पाली रहेका छन् ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नोबेल पुरस्कारका विजेत तथा वरिष्ठ साहित्यकार सरुभक्तले विद्यालयबाट लिएको शिक्षालाई बढाउदै गएर समाज र देशमा कहिल्यै नमेटिने कार्य गर्छु भन्ने उद्देश्य लिनुपर्ने बताए । साथै उनले छात्रवृत्तीमा पाईएको रकम थोरै भएपनि यसको महत्व ठुलो हुने र विद्यार्थीको प्रतिभालाई प्रदान गरिएको बताए । भविष्यमा थप उर्जा मिलोस् भन्नको लागि छात्रवृत्ती प्रदान गरिने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन भन्ने रहेको बताए । प्रतिष्ठानले कुनै निजी स्वार्थको लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ती र विद्यालयलाई वार्षिकरुपमा शैक्षिक सामाग्री वितरण गर्दै आएको जानकारी गिरीले दिए । साथै उनले विद्यालय तथा विद्यार्थीलाई प्रतिष्ठानबाट प्राप्त सहयोगको दुरुपयोग नगर्न पनि आग्रह गरे । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का अध्यक्ष बिक्रम गुरुङ, सोहीपालिका वडा नं. ५ का अध्यक्ष जुमबहादुर गुरुङ, माछापुच्छ्रे मावि भुर्जुङखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङ, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरी, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा बहादुर राउत र छात्रवृत्ती पाउने विद्यार्थीको तर्फबाट अमृता लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।
कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माविको प्राङ्गणमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए ।
मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक अध्यक्ष डा. राम गिरी हाल जापानमा छन् । प्रतिष्ठानले पछिल्लो ३ वर्षमा शिक्षा क्षेत्रमा मात्रै १० लाख ८० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।
सम्बन्धित खबर
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर