पोखरा । पोखरा वृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो ।
आश्रममा आयोजित शिविरको नेपाली सेना फुलवारी पोखराका प्राविधिक सहायक रथी डा. भुवनराज कुँवरले शुभारम्भ गर्दै सेना नागरिक समाजसंग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताए ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिंदै उनले राज्य र नागरिकलाई पर्ने जस्तो सुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको जानकारी दिए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका जेष्ठनागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको जानकारी दिए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित जेष्ठनागरिकहरुलाई भोजन भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताए ।
वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवम् अपहेलित ५५ जना जेष्ठनागरिक आवद्ध रहेका कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते