सर्लाहीको हरकठवामा आगलागी हुँदा १३ घर जल्यो

सर्लाहीको हरकठवामा आगलागी हुँदा १३ घर जल्यो

aago

सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आगलागीबाट १३ घर जलेको छ । शनिबार दिउँसो भएको आगलागीमा भाग्ने क्रममा लड्दा एक जना घाइते भएका छन् ।

आगलागीले प्रदीप हजरी, भुमेशवर कानु, ताहिर हजारी, रामबली पासवान, सितल हजारी, भिखारी पासवान, राम बिश्वास हजारी, बिकाउ हजारी, नन्द किशोर पासवान, गगन हजारी, सरप लाल हजारी र रामनाथ हजारीको एक÷एक वटा घर जलेको प्रहरीले जनाएको छ । आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको छ ।

आगलागीबाट सिलिण्डर ग्याँस पड्किदा भाग्ने क्रममा ३५ बर्षका अरबिन्द प्रसाद कुशवाह घाइते भएका छन् । उनलाई उपचारको लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट २६ लाख बराबरको क्षति भएको छ । दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाएको थियो ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds