अन्नपूर्ण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा न्यैपाने र सचिवमा गिरी

अन्नपूर्ण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा न्यैपाने र सचिवमा गिरी

annapurna-co-operative

पोखरा । नव अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो अधिवेशन तथा प्रथम पुर्ण अधिवेशन सम्पन्न भएको छ । बैैंठकले संस्थाको अध्यक्षमा घनश्याम न्यैपाने र सचिवमा सरोज गिरी सहित ११ जना कार्यसमिति चयन गरेको हो ।

जसमा उपाध्यक्ष, शुशिल, पौडेल, सचिव सरोज गिरी, कोषध्यक्ष सविना त्रिपाठी छन्, भने सदस्यमा सुजन बास्ताकोटी, दुर्गा भुजेल, जस बहादुर गुरुङ, धनमाया गुरुङ, केदार त्रिपाठी, अत्रि शर्मा र नेत्र नारायण शर्मा चयन भएका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा कार्यालय स्थापना गरेर सहकारी सञ्चालनमा आएको हो । शनिबार नै नयाँकार्यसमितिको पहिलो पूर्णा बैंठकले बसेको छ । बैंठकले लेखा समिति र शिक्षा तथा तलिम उप– समिति बनाएको हो ।

लेखा समिति संयोजकमा शिव हरी शर्मा चयन भएका छन् भने, सदस्यमा हरिप्रसाद सापकोटा, विश्वराज त्रिपाठी चयन हुन् । यस्तै शिक्षा तथा तलिम उप–समितिमा संयोजक कमला खत्रीको संयोजकत्वमा चयन भएका हु्न् । समितिको सदस्यमा हरि गिरी, धनश्याम गौतम छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds