पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनद्वारा नेपाललाई हस्तान्तरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनद्वारा नेपाललाई हस्तान्तरण

Pokhara airport 1

चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा मा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरे।

पाेखरामा पनि एक समाराेहकाबीच हस्तान्तरण गरिएकाे छ । विमानस्थल हस्तान्तरण गर्न आयोजित कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले शनिबार पोखरा आए । विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।

काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधि र पर्यटन मन्त्रालयका अधिकारीहरुहरु असन्तुष्ट रहेको बताइएको छ। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी नै रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

समस्या ज्यूँका त्युँ

विमानस्थल निर्माणको काम सकिए पनि सञ्चालन गर्न नेपाल सरकारले समाधान गर्नुपर्ने समस्या भने ज्यूँका त्युँ छ। विमानस्थल सञ्चालन गर्न रिठ्ठेपानी डाँडा कम्तीमा ४० मिटर काट्नुपर्ने प्राविधिक अध्ययनको निष्कर्ष छ।

पोखरभरिका फोहोर फालिने ल्याण्डफिल साइट र ढल तथा नहर व्यवस्थापनको काम भने सुरू नै हुन सकेको छैन। ढल र नहर व्यवस्थापन गर्न प्रदेश सरकार मातहतको सिँचाइ विभाग र ल्याण्डफिल साइट परिवर्तन गर्न पोखरा महानगरलाई आयोजनाले विगत ३ वर्षदेखि अनुरोध गर्दै आएका छन्। तर अहिलेसम्म प्रगति हुन सकेको छैन।

गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने तयारी भए पनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियाे। नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो।

तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो। आयोजनाको अनुसार यसै वर्षको जुलाई १० अगावै आयोजनाका सम्पूर्ण काम सकिनेछन्। उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ।

हालसम्म विमानस्थलको २५ सय मिटर रनवे, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, पेरीफेरी रोड, ट्याक्सी वे लगायत ठूला निर्माणका सम्पूर्ण काम सकिएको छ। विमानस्थलबाट कम्तीमा दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान भर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले दाबी गरेको छ।

अहिले आन्तरिक उडान मात्र सञ्चालनमा रहेको पोखरा विमानस्थलबाट दैनिक कम्तिमा ३० वटा र पिक सिजनमा १ सय जति उडान भइरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds