वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षले भने -‘चुनावका लागि चन्दा माग्नेहरु बढे’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षले भने -‘चुनावका लागि चन्दा माग्नेहरु बढे’

udyogi

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले स्थानीय निर्वाचन नजिकिँदै गर्दा चन्दा माग्ने गतिविधि बढन थालेको बताएका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको बताएका हुन् ।

उनले चन्दा माग्ने र डर देखाउने क्रम बढेकाले सरकारले आगामी दिनमा औद्योगिक सुरक्षाबल बढाउनुपर्ने बताए । सरकारले अघि उद्योगीलाई थाहै नदिई सुरक्षाबल हटाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

‘चन्दा स्वेच्छिक हो, तर कतिपयले चन्दाका लागि दबाब समेत दिन थालेका छन्,’ उनले भने, ‘चुनावको समयमा भारतबाट पनि आपराधिक चरित्रका व्यक्तिहरु नेपाल आउन सक्छन् त्यसमा सरकारले ध्यान दिनुपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ