सन्दीप बने विश्वको दोस्रो छिटो ५० विकेट लिने खेलाडी

सन्दीप बने विश्वको दोस्रो छिटो ५० विकेट लिने खेलाडी

sandip

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ५० विकेट हात पारेका छन् ।

काठमाडौँको त्रिवि मैदानमा जारी खेलमा शनिबार पपुवा न्युगिनीविरुद्ध १२ औँ ओभर १ बलमा उनले चाल्र्स अमिनीको विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । उनले जम्मा २२ खेलमा ५० विकेट पूरा गरेका हुन् ।

योसँगै एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् ।

यस्तै सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वका दोस्रो खेलाडी बनेका छन् ।

सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान भने श्रीलंकाका अजन्था मेन्डिसको नाममा रहेको छ । उनले जम्मा १९ खेलमा ५० विकेट लिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ