एमालेको पाखुरा देखेर देउवा डराएः ओली

एमालेको पाखुरा देखेर देउवा डराएः ओली

kp-sharma-oli

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।

आज काठमाडौँमा उद्योग व्यवसायी विशेष जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष ओलीले प्रतिस्पर्धी दलहरू प्रतिस्पर्धा गर्न नसक्ने भएपछि आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिएका छन् । ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् ।, एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’, उनले भने ।

उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।

५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको भन्दै उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds