जग्गा विवादमा झडप हुँदा जसपाका सांसद शाह गम्भीर घाइते

जग्गा विवादमा झडप हुँदा जसपाका सांसद शाह गम्भीर घाइते

सर्लाही । सर्लाहीमा शनिबार बिहान झडप हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद प्रमोद साह घाइते भएका छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर सांसद साह गम्भीर घाइते भएका हुन्।

सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

फूलजोर त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने विषयमा बसेको छलफलमा दुई पक्षीबीच भनाभन हुँदा झडप भएको हो।

घाइते साहलाई स्थानीय अस्पतालमा उपचार गरी थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको छ । साह सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित सांसद् हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ